Prakash Adhikari April 5, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २३ चैत्र (सीएनएन) । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस विश्व शक्ति राष्ट्र अमेरिकाको न्यूयोर्क राज्यमा चैत्रको डँडेलो झै फैलिएको छ ।

न्यूयोर्कमा कोरोनाभाइरसको संक्रमणबाट जीवन गुमाउने बिरामीको संख्या हाल ३ हजार ५ सयभन्दा पनि माथि पुगेको छ । न्यूयोर्क राज्यले बितेको २४ घण्टामा ६ सय ३० जनाले जीवन गुमाएका छन् । हालसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरुको संख्या न्यूयोर्कमा ३ हजार ५ सय ६५ पुगेको छ ।

न्यूयोर्कमा कोरोनाभाइरसको कारण मर्नेको संख्या यसको उद्गम भएको चीनमा भएको कूल मृत्युभन्दा बढी हो, जहाँ आजसम्म ३ हजार ३ सय २९ जनाले ज्यान गुमाएको अभिलेख गरिएको छ ।

न्यूयोर्कमा हालसम्म १ लाख १३ हजार जना कोरोना भाइरसको संक्रमणमा परेका छन् । यो संख्या कोरोनाभाइरसबाट सबैभन्दा बढी ज्यान गुमाउने इटालीमा भएको कूल संक्रमणभन्दा बढी हो । जहाँ अहिलेसम्म १ लाख २४ हजार ६ सय ३२ जना यो भाइरसको संक्रमणमा परेका छन् । इटालीमा कोरोनाबाट जीवन गुमाउनेको संख्या हालसम्म १५ हजार ३ सय ६२ पुगेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू क्योमोले आगामी ४ देखि १४ दिनमा कोरोनाको संक्रमण उच्चस्तरमा पुग्ने बताउनुभएको छ । उहाँले आफूहरुले संक्रमणको रोकथाम र नियन्त्रणको लागि पर्याप्त तयारी गर्न नसकेकोले यो स्थिति आएको उहाँले बताउनुभएको छ ।

गभर्नर एन्ड्रयूले न्यूयोर्क राज्य थप भेन्टिलेटरको खोजीमा रहेको बताउदै चीनले १ हजार थान भेन्टिलेर पठाएकोमा धन्यवाद दिनुभएको छ । न्यूयोर्कलाई ओरेगन राज्यले पनि १ सय ४० थान भेन्टिलेर दिंदै छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कले थप स्रोत साधन पाउनेमा विश्वस्त गराउनुभएको छ । उहाँले संघीय सरकारको सहयोग अत्यधिक प्रभावित क्षेत्रमा केन्द्रित हुने बताउदै भन्नुभएको छ,दुर्भाग्यवस त्यहाँ धेरै मृत्यु हुनेछ ।

अमेरिकामा हालसम्म ३ लाखभन्दाबढी मानिसमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने यस घातक भाइरसको कारण ८ हजार ४ सय ५४ जनाले  जीवन गुमाएका छन् ।

कोरोना भाइरसबाट संसारभर ६० हजारबढीले ज्यान गुमाएका छन् भने ११ लाखभन्दा बढी मानिस यसको संक्रमणमा परेका छन् ।

न्यूयोर्कमा हालसम्म १ लाख १३ हजार ७४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ६३ हजार ३६ जना न्यूयोर्क शहरका छन् ।

गभर्नर क्योमोले न्यूयोर्क शहरका मृत्युको संख्या सुस्त भएको तर निकटका लंग टापूमा चिन्ताजनक रुपमा बढेको छ ।

संघीय सरकारले म्यानहटनको जाभित सेन्टरको अधिक बिरामीको चाप परेको २ हजार ५ सय सैय्याको अस्पताललाई जनशक्ति र उपकरणले सुसज्जित पारिने बताउनुभएको छ ।

यसैबीच न्यूयोर्कका मेयर बिल डे ब्यासियोले यसका ८० लाख निवासीलाई सन्देश पठाउदै योग्य स्वास्थ्यकर्मीहरुलाई स्वयंसेवा गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, डाक्टर,नर्स र स्वासप्रश्वास थेरापिष्टजस्ता कुनै स्वास्थ्य सुरक्षा व्यवसायी यस लडाईमा यस अगाडि संलग्न हुनुभएको छैन भने हामीलाई तपाईको खाँचो छ, कृपया नाम लेखाउनुहोला ।

मेयर डे ब्लासियोले अप्रिल र मे महिनामा यस महामारीसंग जुध्न थप ४५ हजार स्वास्थ्यकर्मी आवश्यक हुने बताउनुभएको छ ।

यसैबीच शनिवार राष्ट्रपतिको प्रेस ब्रिफिड.मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता निकै कठिन हुने र धेरै मृत्यु सहन गर्न तयार हुनुपर्ने बताउनुभएको छ ।
उहाँले आगामी हप्ता आफ्नो प्रशासनले पर्याप्त सख्यामा सैनिक, हजारौ सिपाही, स्वास्थ्यकर्मी र व्यवसायीहरु परिचालन गर्ने बताउनुभएको छ ।

उहाँले न्यूयोर्क शहरमा १ हजार सैनिक परिचालन गरिने बताउनुभएको छ ।

 

Share Now

Leave a comment.