Prakash Adhikari April 15, 2020

काठमाडौं, ३ बैशाख । दैनिक कारोबारमा आउने रुपैया ५ र १० का नयाँ नोटहरु छाप्ने जिम्मा चिनीयाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको छ।

नेपाल राष्ट्र बैंकले गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी भएको उक्त कम्पनीले सो ६४ करोड थान नोट छाप्ने जिम्मा पाएको हो । नेपाल राष्ट्र बैंकले सो कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव न्यूनतम मूल्यांकित र सारभूत रुपमा प्रभावकारी भएको जनाएको छ ।

राष्ट्र बैंकले सो कम्पनीसंग २०७६ चैत्र २८ गते खरिद संझौता भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले १४ जनवरी २०२० मा रु ५ का दरको ३० करोड थान र रु १० दरका नोट ३४ करोड थानको छपाई र डिजाइनको लागि टेण्डर आह्वान गरेको थियो ।

सो कम्पनीले रु ५ को नोटका लागि ४३ लाख ९७ हजार ५ सय डलर र रु १० का नोटको डिजाइनिड र छपाईको लागि ४१ लाख ४० हजार ४ सय डलरको मूल्य प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले नोटको डिजाइन र छपाईको लागि पहिले योग्य फर्महरुको छनोट गर्दछ र तीनै योग्य फर्महरुमध्येबाट आर्थिक प्रस्ताव माग गरेर योग्य कम्पनीलाई नोट छपाईको जिम्मा दिने गर्दछ ।

Share Now

Leave a comment.