Prakash Adhikari April 15, 2020

 

राजविराज(सप्तरी), ३ बैशाख (रासस) । भारतको दिल्लीस्थित निजामुद्दीन  क्षेत्रमा भएको धार्मिक सभा तब्लिगी जमातबाट फर्केका दुई नेपालीको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाले जानकारी दिनुभएको छ ।

Gajendra Narayan Singh Sagarmatha Zonal Hospital to come under ...

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक । एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो ।

तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक । एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

Share Now

Leave a comment.