Prakash Adhikari May 22, 2020

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । देशभर लिइएका कोरोना भाइरस संक्रमणको स्वाबको नमूना परीक्षणमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्याको ५ सयको निकट पुग्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहान ९ वजे एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको नमूना परीक्षणमा थप ३० जनामा संक्रमण देखिएको उल्लेख गर्नुभएको छ ।

मन्त्रालयले जनाए अनुसार नवलपरारी(सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिकाका ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केशरबाग निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला, नवलपरासी सुस्ता ५ का ३३ बर्षीय पुरुष,रामग्राम ३ का ३५ बर्षीय पुरुष र १८ का १५ बर्षीय महिला,हुनुहुन्छ ।

त्यसैगरी कपिलबस्तु जिल्लाका बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा २४,२५,२७,२९,३४,३६,४५ र ५३ बर्षीय पुरुष तथा ८ बर्षीय बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

यसै गरी सर्लाही गर्र्तौडा नगरपालिका वडा नं ८,९,११,१३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२ बर्षका दुई,२५ बर्षका दुई, ३४ बर्षका दुई ,३८ बर्षका तीन तथा २४,२७,३२,३५ र ३९ बर्षका एक एकजना पुरुष तथा एक १८ बर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

मन्त्रालयले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानी र उपचारमा रहेको बताएको छ ।

Share Now

Leave a comment.