काठमाडौं, ७ साउन । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आज(बुधबार)देखि खुल्ने भएका छन्।
विश्वविद्यालयले नेपाल सरकारद्धारा जारी गरिएको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ देखि लगाइएको लकडाउन बुधबारदेखि खुला गर्ने निर्णय लिए लगतै त्रिभुवन विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको हो।
विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरेको छ । त्रिविका रजिष्ट्रार प्राध्यापक पेशल दाहालले स्थगित परीक्षा दशै अघि नै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ।
विश्वविद्यालयले लकडाउनका कारण बन्द रहेका मातहतका क्याम्पस पनि सञ्चालन गर्ने निर्णय गरी बिदामा बसेका अध्यापकहरुलाई बोलाउने निर्णय गरेको छ।
विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको बिदा समेत सकिएको र अब क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।
क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले अध्यापकहरुलाई पनि बोलाइएको विश्वविद्यालयले जनाएको छ ।


















