Prakash Adhikari August 21, 2020

 

काठमाडौं, ५ भाद्र । नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै देशभर कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभएको हो।

नेपालले २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ ।

यो हालसम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु हो र यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको एवम् ती मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता  गौतमले अहिले देशभर १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित रहेको बताउनुभयो ।

सक्रिय संक्रमितमध्ये ८ हजार ५ सय ४६ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १ सय ३३ जना सघन उपचार कक्षमा र काठमाडौंमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

 

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

कोरोनाभाइरस ब्यानर

को हुन् सङ्क्रमित ?  

सङ्क्रमितहरू काठमाडौंका १ सय ४२ जना, पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५ र बारामा ४० जना रहेका छन्।

ललितपुरका २५ र भक्तपुरका १५ गरी काठमाडौ. उपत्यकामा १ सय ८२ जना सङ्क्रमित थपिएका छन्।

परीक्षणको अवस्था

विगत २४ घण्टामा १३ हजार ५ सय ७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा २ सय ५० जना भाइरसमुक्त प्रमाणित भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २ सय १४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा १२ हजार २ सय ३४ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दाबढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

Share Now

Leave a comment.