काठमाडौ, १० भाद्र । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा हाल कायम रहेको निषेधाज्ञा भाद्र १७ गतेसम्म लम्बिने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो ।
सो निर्णय अनुरुप प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले बुधबार कार्यालय खुलेपछि आदेश जारी गरी भदौ १० गते रातिसम्म कायम भएको निषेधाज्ञाको अवधि भदौ १७ गतेसम्म कायम गरिएको जानकारी दिएका छन् ।
.jpg)
निषेधाज्ञाभर अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध र दुग्घजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसल व्यवसाय बिहान ९ बजेर १५ मिनेटसम्म खोल्न पाइने छ भने औषधी, पानीमात्रै बिक्री गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसु्कै समयमा पनि निर्वाध रुपमा खुला राख्न पाइनेछ ।
.jpg)




















