Prakash Adhikari August 26, 2020

 

काठमाडौं, १० भाद्र । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो मृत्यु हालसम्म सर्वाधिक दैनिक वृद्धि हो।

यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो।

योसहित कोरोनाभाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या १ सय ७५ भइसकेको छ।

यस्तै विगत २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भएसंगै कुल सङ्क्रमित सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ।

बुधवार थपिएका सङ्क्रमितमध्ये काठमाडों जिल्लाका २ सय ३० जना सहित ३ सय १ जना काठमाडौं उपत्यकाका छन्।

त्यस्तै यो अवधिमा ३ सय ८५ जना सङ्क्रमणमुक्त भएपछि कोभिड-१९ बाट निको हुनेको कुल सङ्ख्या १९ हजार ५ सय ४ पुगेको छ।

हालसम्म ६ लाख ३५ हजार २ सय ५२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

अहिले देशभरि १४ हजार ७ सय ३९ जनामा सक्रिय सङ्क्रमण रहेको उहाँले बताउनुभयो।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

बुधवार सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा काठमाडौं (२३०), सर्लाही (१२०), सुनसरी (५५), ललितपुर (४७), धनुषा (४३) र चितवन (४२) रहेका छन्।

कोरोनाभाइरस ब्यानर
देशभरि क्वारेन्टाइनमा ९ हजार ८ सय ३२ जना छन्।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार १६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८, साउन ३२ गते ६ सय ४१ र भदौ ८ गते ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।(बीबीसी)

Share Now

Leave a comment.