काठमाडौं, ५पौष । अनावश्यक रुपमा गैरसंवैधानिक कदम चालेर पाँच बर्षको निर्धारित कार्यकाल रहेको प्रनिनिधिसभा भंग गरी संसदमा रहेको आफनो दलको झण्डै दुई तिहाईको वर्चश्व समाप्त गरी देशलाई राजनीतिक अस्थिरताको भूमरीमा धकेल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा रहेका उहाँकै मन्त्रिपरिषद्का सात सदस्यहरुले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर र माधव नेपाल खेमाबाट मन्त्री बन्नुभएका कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भूसाल र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजीनामा दिनुभएको हो ।
उहाँहरुले सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गर्नुभएको हो ।
पूर्वमाओवादीका तर्फबाट मन्त्रिपरिषद्मा गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएका रामबहादुर थापा बादल र उद्योग मन्त्री खगराज भट्टले भने राजिनामा दिने कुराको एकिन भैसकेको छैन् ।
हिजो पुल्चोकस्थित उहाँहरुको सरकारी निवासमा नै गएर प्रधानमन्त्री ओलीले आफूले चाल्ने कदममा सहयोगको याचना गर्नुभएकोले उहाँका बारेमा भन्न नसकिने स्थिति छ ।
तर यथार्थमा भने सरकारको नेतृत्व सम्हाले लगत्तै आफ्नै मन्त्रिपरिषद्का कसैमाथि प्रधानमन्त्री ओलीले अविश्वास गर्नुभएको थियो भने त्यो गृहमन्त्री माथि नै थियो । प्रधानमन्त्री ओलीले गृहमन्त्रीको विभागीय कार्यक्षेत्रमा रहेको विशेष प्रहरीलाई प्रधानमन्त्री कार्यालय अन्तरगत रहने गरी राज्यका अति गोप्य सूचना पाउने हक अधिकारबाट उहाँलाई बञ्चित गरिदिनुभएको थियो । कतिसम्म भने उहाँलाई त प्रहरी र सशस्त्र प्रहरीका उच्च पद सिर्जना गर्दा र बढुवा गर्दा पनि उपेक्षा गरिएको घट्नाहरु सार्वजनिक भैरहेका थिए ।
अधिकार विहिन भएर प्रधानमन्त्री ओलीको पहरेदारका रुपमा रहने कि देश र जनताको मुहार परिवर्तन गरी अनुहारमा हाँसो ल्याउने सपना बोकेर जनयुद्ध गरेको संझदै हजारौ सहिदहरुको रगत र बलिदानले ल्याएको संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रमार्फत समाजवादको बाटोमा जाने भन्ने कुराको तय मन्त्री बादल र भट्टले गर्न बाँकी छ ।
अहिले उहाँहरुका अगाडि पछाडि केही थान प्रहरी सुरक्षाका गाडी र अंगरक्षक मात्र रहेका छन् यो भन्दा ठूलो इज्जत त उहाँले पार्टीभित्रकै जनसेनाको कमाण्डर रहदा नै पाउनुभएको थियो ।