Prakash Adhikari February 7, 2021

अबुधाबी(संयुक्त अरब इमिरेट्स), २५ माघ । अबुधाबी टी १० को यस बर्षको उपाधि नर्थ वारियर्सले जितेको छ ।

शनिवार अबुधावीमा भएको खेलमा दिल्ली बुल्सलाई ८ विकेटले पराजित गर्दै नर्थन वारियर्सले सो उपाधि जितेको हो ।

खेलमा पहिले ब्याटिड. गरेर दिल्ली बुल्सले दिएको ८२ रनको लक्ष्य नर्थन वारियर्सले ८.२ ओभरमा २ विकेटको क्षतिमा ८५ रन हासिल गरेर १० बल बाँकी रहदै पूरा गरेको थियो ।

खेलमा नर्थन वारियर्सका वासिम मोहम्मदले २७,निकोलस पुरनले १२,लेण्डी सिमन्स र रभमान पावेल अविजित रहदै क्रमस १४ र १६ रन बनाएका थिए ।

Image

वारियर्सलाई रोक्ने क्रममा दिल्ली बुल्सका शिराज अहमद र फिडेल एडवार्डले एक एक विकेट लिएका थिए ।

यस अगाडि ब्याटिड.मा उत्रिएको दिल्ली बुल्सले निर्धारित १० ओभरमा ८१ रन जोडेको थियो । उसका लागि मोहम्मद नावी २१ रमनुल्लाह गुर्बाज १३, इभान लेभिज १०, रभि वेपोरा ९, टम अवेल र नियाम योड.ले ७।७, सर्फन रदरफोर्डले ४,वाकस मक्सूद र फिडेल एड्वार्डले एक एक रनको योगदान दिएका थिए ।

Image

दिल्लीलाई रोक्ने क्रममा नर्थन वारियर्सका महिष थिक्सानाले ३,जनैद सिद्धिक र धनञ्जय लक्षणले २।२ तथा फेवियन अलेन र रायद इम्रिटले एक एक विकेट लिएका थिए ।

खेलमा प्लेयर अफ द म्याद नर्थन वारियर्सका महेश थिक्सना घोषित भए ।

यसपटकको अबुधाबी टी १० नेपाली क्रिकेट खेलाडीहरुको लागि पनि उपलब्धिपूर्ण रह्यो ।


यो संस्करणमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्कालाई टिम अबुधाबीले योड. प्लेयर मेन्टरको रुपमा उच्च सम्मानका साथ सहभागी हुने जिम्मेवारी दियो भने सोमपाल कामी, करण के.सी. र कुशल मल्ल सहभागी भएर आफ्नो प्रतिभा देखाउने मौका पाए । तीनै जनाखेलाडीको प्रदर्शन सन्तोषजनक रह्यो ।

Image

Share Now

Leave a comment.