याड.गुन(म्यानमार),२५ माघ (बीबीसी) । गत सोमवार म्यान्मारमा भएको सैन्य ‘कू’पश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्।
मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।
प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए।
सोमवार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सू चीको अवस्था अज्ञात छ।

शहरको अवस्था
दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन्।
एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ।
सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ।
मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो। फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो।
"We will fight until the last minute and our revolution has started today"
Protesters call for the release of Myanmar's elected leader Aung San Suu Kyi as thousands demonstrate in Yangon against the military coup in the countryhttps://t.co/YmiiVjD8Du pic.twitter.com/nZBd35wvaM
— BBC News (World) (@BBCWorld) February 6, 2021
इन्टरनेट बन्द
कैयन् प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धबाट उम्कन भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको उपयोग गरेका थिए।
तर इन्टरनेटमा आमनिषेध गरिएपछि भीपीएनको प्रयोग समेत निकै प्रभावित भएको छ।
नागरिक समाजका सङ्गठनहरूले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन आह्वान गरिरहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।
मानव अधिकार समूह एमनेस्टी इन्टरनेशनलले इन्टरनेट बन्द गराउने कार्यलाई ुकठोर अनि लापरबाहीपूर्णु भन्दै त्यसले म्यान्मारका मानिसहरूलाई मानव अधिकार हनन् हुने जोखिममा पार्ने चेतावनी दिएको छ।
सेनाको प्रतिक्रिया
सेनाले कुनै प्रतिक्रिया दिएको छैन।
शनिवार बिहानैदेखि कारखानाका मजदुर एवम् विद्यार्थी सहितका प्रदर्शनकारीहरूले सेनाले हिरासतमा राखेका सू चीलगायत अन्यलाई रिहा गर्न माग गरेका थिए।
याङ्गोन शहरमा उनीहरूले प्रदर्शन गरिरहँदा नगर बसहरूले हर्न बजाएर समर्थन जनाएका थिए।

सडकमा रहेका अन्य मानिसहरूले पनि प्रदर्शनकारीहरूप्रति समर्थन जनाएका थिए भने मानिसहरूले आफ्नो घरघरमा ताली बजाएर तथा भाँडा ठटाएका थिए।
कतिपय घरहरूमा सू चीको दलको समर्थनमा रातो स्टिकर टाँसेको देखिएको बीबीसी बर्मिजका सम्पादक सो विन थानले जनाउनुभएको छ।
पहिलो दिन हजारौको सहभागिता
म्यान्मारको सैनिक सत्ताले सोमवार भएको कूविरुद्ध हजारौँ मानिसहरू ठूलो र्यालीमा सहभागी भएपछि शनिवारबाट इन्टरनेट बन्द गरिदिएको छ।

निगरानी समूह नेटबल्क्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ।
देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।
दङ्गा प्रहरीहरूले सहरको मुख्य भागमा मुख्य मार्गहरू बन्द गरेका छन्।
अवज्ञाको आग्रह
प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो।
एक दिनअघि फेसबुकमा प्रतिबन्ध लगाइएको थियो।
कैयौँ मानिसले भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छलेका छन्।
तर अन्यथा सबैजसो सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ।
फूल दिँदै समर्थन माग्दै
समाचारसंस्था रोयटर्सका अनुसार नागरिक समाजका सङ्गठनहरूले अवरोध निर्देशनको अवज्ञा गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवालाई आग्रह गरेका छन्।
मानवाधिकारवादी समूह एम्नेस्टी इन्टरन्याश्नलले सेवा अवरोधलाई ूघृणित र धृष्टू कदम भनेको छ।
सेनाले अवरोधबारे कुनै टिप्पणी गरेको छैन।

सुरक्षाकर्मी
उसले फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो।
शनिवार उद्योगका श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका निर्वाचित नेत्री आङ सान सू ची र अन्यलाई रिहा गर्न माग गरेका छन्।
याङ्गुन सहरका सडहरूमा र्याली भइरहँदा नगरबसहरूले हर्न बजाएर त्यसमा समर्थन जनाएका थिए।
दर्शकहरूले तीनवटा औँला उठाउँदै अभिवादन गरेका थिए।
त्यसरी गरिने हङ्गर गेम्स सलूट उक्त क्षेत्रमा तानाशाहविरुद्धको साङ्केतिक अवज्ञा बन्न पुगेको छ।
प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए।
‘हामी यहाँ अर्को पुस्ताको निम्ति लड्न आएका छौँ, सैन्य तानाशाहबाट उनीहरूलाई स्वतन्त्र पार्न’, र्यालीमा सहभागी एक महिलाले समाचार संस्था एएफपीसँग भन्नुभयो,’अब हामीले त्यसको अन्त्य गर्नुछ।’


















