Prakash Adhikari February 7, 2021

 

बुटबल(रुपन्देही), २४ माघ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

 

लघुवित्त सञ्चालक समितिको माघ २० गते बसेको बैठकले फागुन १३ गते अपरान्ह ३ बजे डार्सिज इन्टनेशनल हाटेल, बुटवल रुपन्देहीमा सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशतले हुन आउने एक करोड ५३ लाख रुपैयाँ बराबरको बोनस र १.५ प्रतिशत बराबरको ८ लाख ७ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्था पारित गर्नेछ ।

सभाले संञ्चालक समितिलाई मर्जर तथा प्राप्तिको सम्बन्धी आवश्यक सम्पुर्ण कार्य अगाडि बढाउन अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र त्यसको लागि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन समेत गर्नेछ ।

 

Share Now

Leave a comment.