Prakash Adhikari February 7, 2021

 

काठमाडौं, २५ माघ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको बोनस सेयर हितग्राहीको खातामा जम्मा भएको छ ।

कर्पोरेशनले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।

मंसिर १४ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ सेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।

कम्पनीले गत मंसिर ३० गते सम्पन्न ५३औं वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ ।

साथै मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मितिपश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई क्रमशः उक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

 

Share Now

Leave a comment.