Prakash Adhikari March 3, 2021

याड.गुन(म्यानमार),१९ फागुन(एजेन्सी) । सैनिक शासनको विरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउदा म्यानमारका विभिन्न शहरहरुमा कम्तिमा ३८ जना प्रदर्शनकारीहरुको मृत्यु भएको छ ।

बीबीसी विश्व सेवाले संयुक्त राष्ट्रसंघीय निकायको हवाला दिंदै ३८ जनाको मृत्यु भएको जनाएको छ । स्थानीयहरुले भने ४० जनाको मृत्यु भएको बताएका छन् ।

विश्वबाट समर्थन पाउन नसकेको सैनिक शासकहरुले त्यसको आक्रोश निहत्था जनतामाथि पोख्न थालेका छन् ।

सामाजिक सञ्जालमा प्रहरीहरुले विरामी ओसार्ने एम्बुलेन्सका चालक र सहकर्मीहरुलाई रोकेर बन्दूकको कुन्दाले निर्धात पिटेको देखिन्छ ।

सैनिक जवानहरुले निहत्था सर्वसाधरणहरुको हत्या गरेको देखिन्छ ।

प्रदर्शनकारीहरुले प्रहरीको अश्रुग्यास र गोलीप्रहारलाई रोक्न टाउकामा हेलमेट लगाएो र शरिर छेक्न ड्रमका ढाल बनाएको देखिन्छ ।

प्रहरीहरुले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोली प्रहारबाट १४ बर्षका बालबालिकाको समेत मृत्यु भएको छ ।

Share Now

Leave a comment.