Prakash Adhikari August 1, 2021

काठमाडौं, १७ साउन । निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमण बढ्दै जाने संकेत देखिन थालेपछि महामारी िनियन्त्रण र रोकथामको लागि सरकारले १०० दिने योजना ल्याएर कार्यान्वयन गर्ने भएको छ ।

 

नवनियुक्त स्वास्थ्य  राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार आफ्नो सामाजिक सञ्जालबाट यसको जानकारी दिनुभएको छ ।

 

उहाँले भन्नुभएको छ, “कोभिड-१९ संक्रमणको बढ्दो चुनौतीलाई दृष्टिगत गर्दै सरकारले १०० दिने महामारी नियन्त्रण योजना तयार गरी प्रभावकारिताका साथ लागू गर्ने भएको छ । ”

 

उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि तय गरिएको १०० दिने कार्ययोजना कार्यान्वयन गर्न सुरक्षा कर्मी  र संघीयदेखि स्थानीय प्रशासनको भूमिका महत्वपूर्ण भएकोले आवश्यक समन्वय र कार्यान्वयनका लागि गृहमन्त्री बालकृष्ण खाँणसंग छलफल गर्नुभएको थियो ।

 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभएको छ, “आज गृहमन्त्री मानीय बालकृष्ण खाणज्यूको नेतृत्वमा गृहमन्त्रालय मातहतका सुरक्षा प्रमुख र स्वास्थ्य मन्त्रालयबीच जनस्वास्थ्य मापदण्ड पालना गराउने, १०० दिने कार्ययोजना सार्वजनिक गरी प्रभावकारितासाथ लागू गर्ने, खोपको पहुँच विस्तार गर्ने विषयमा छलफल भएको छ ।”

Share Now

Leave a comment.