Prakash Adhikari January 25, 2022

 

काठमाडौं, ११ माघ । अर्जुन प्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज गठन भएको छ ।

झण्डै चार दर्जन थर रहेको कौण्डिन्य गोत्रीय प्रतिनिधिहरुको भेलाबाट पारित विधानको अधिनमा रही २०७८ साल पौष २२ गते महासमाज महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो ।

देश तथा विदेशमा रहेको कौण्डिन्य गोत्रीय बन्धुबान्धव तथा यस गोत्रको हित संरक्षण गर्ने उद्देश्यले गठित विभिन्न थरको कल्याणका लागि खोलिएका संस्थाका प्रतिनिधिहरुबीच पारस्परिक सौहार्दता, सद्भाव एबम् बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यले २०७७ साल चैत्र २८ गते सम्पन्न कौण्डिन्य गोत्रीय समाजका प्रतिनिधिहरुको भेलाले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा महासंघ दर्ता गर्ने निर्णय गरेको थियो ।

महासमाजका उपाध्यक्ष बाबुराम आचार्यले हालसम्म फेला परेका ४४ थरहरु र पछि फेला परेमा थपिने अन्य कौण्डिन्य गोत्रका थरहरुलाई समेटेर लैजाने बताउनुभएको छ।

महासमाज महासंघको अध्यक्षमा अर्जुनप्रसाद बन्जारा, बन्जारा तथा बञ्जाडे समाजकाअध्यक्ष, उपाध्यक्षमा बाबुराम आचार्य, आचार्य बन्धु समाज नेपालका महासचिव, महासचिवमा बिष्णुप्रसाद बास्कोटा, बास्कोटा समाजकाअध्यक्ष, सचिवमा पुरुषोत्तम पराजुली, पराजुली समाज नेपालका निमित्त सचिव, कोषाध्यक्षमा नारायणप्रसाद न्यौपाने, न्यौपाने समाज नेपालका महासचिव रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा दामोदर गैह्रे, गैह्रे–कल्याण समाजका अध्यक्ष, ठाकुरप्रसाद साप्कोटा, साप्कोटा बंशावली कल्याण केन्द्र, जनककुमार खड्का, लकाई खड्का समाजका केन्द्रीय सदस्य, बिराज प्याकुरेल, प्याकुरेल समाजका अध्यक्ष, डा.गणेशप्रसाद पाठक, पाठक समाजका अध्यक्ष र हरिबोल सत्याल, सत्याल समाजका कार्यबाह अध्यक्ष रहनुभएको छ ।

Share Now

Leave a comment.