Prakash Adhikari January 25, 2022

काठमाडौं, ११ माघ । भोलि हुने राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश१ मा मात्र मतदान गर्ने भएको छ ।

राप्रपाले अन्य प्रदेशमा हुने राष्ट्रिय सभा चुनावको मतदानमा सहभागी नबन्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ।

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार बैठकले प्रदेश १ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ।

राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख (गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत) मतदाता हुने व्यवस्था छ।

 

Share Now

Leave a comment.