Prakash Adhikari January 25, 2022

काठमाडौं, ११ माघ । सोमबार झण्डै १०० अंकले घटेको नेपालको शेयर बजारमा मंगलबार दिनभर सम्हालिने प्रयासमा रहेपनि अन्तिममा घटेर बन्द भएको छ ।

यस दिन शेयर बजार परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा अडिएको छ ।

नेप्सेमा मंगलबार कुल २ सय२९ कम्पनीकोे ९७ लाख ८४ हजार भन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । यस दिन ५ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस दिन विन नेपाल लघुवित्तको १० प्रतिशतले, बुद्धभूमि हाइड्रोपावरको ९.९८ प्रतिशतले,पोखरा फाइनान्सको ८.२५ प्रतिशतले, कालिका लघुवित्तको ४.५२ प्रतिशतले, सामलिड. पावरको ४.०३ प्रतिशतले, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयको ३.६८ प्रतिशतले,ओरियन्टल होटल्सको ३.०९ प्रतिशतले,आशा लघुवित्तको २.४८ प्रतिशतले,कर्णाली विकास बैंकको २ं.१३ प्रतिशतले र आइसीएफसी डिबेञ्चरको २ प्रतिशतले शेयर मूल्य बढेको थियो ।

यस दिन कृषि विकास बैंकको डिबेञ्चरको ८.३४ प्रतिशतले, गुर्खा फाइनान्सको ४.५८ प्रतिशतले,समिट लघुवित्तको ३.१८ प्रतिशतले, समता लघुवित्तको ३.०३ प्रतिशतले, चन्द्रागिरी हिल्सको २ं.७३ प्रतिशतले,मिर्मिरे लघुवित्तको २.५० प्रतिशतले,शिवश्री हाइड्रोपावरको २.१८ प्रतिशतले, उन्नतिसहकार्य लघुवित्तको २.१४ प्रतिशतले,श्रीइन्भेष्टमेण्ट फाइनान्सको२.१३ प्रतिशतले र आरम्भ चौतारी लघुवित्तको २.०८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबारको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका सबै जीवन बीमा समूह बाहेक सबै १२ समूहका परिसूचकहरु घटेका छन् ।

यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा एशियन लाईफ इन्स्योेरेन्सको २६ करोड ९४ लाख, अपि पावरको २२ करोड ८२ लाख, एनआईसीएयिया बैंकको १९ करोड ६८ लाखको, नेपाल लाईफ इन्स्योरेन्सको १४ करोड २२ लाखको,नेशनल हाइड्रो पावरको १२ करोड ७६ लाखको,अपर तामाकोशीको १२ करोड ३३ लाखको ,जलविद्युत लगानी तथा विकास कम्पनीको ११ करोड ५३ लाखको,हिमालयन डिष्टिलरीको १० करोड ९४ लाखको,अरुण भ्याली हाइड्रो पावर कम्पनीको १० करोड ६३ लाखको र शिखर इन्स्योरेन्स १० करोड १३ लाख रहेका छन् ।

Share Now

Leave a comment.