Prakash Adhikari March 15, 2022

काठमाडौं, १ चैत । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

संसद अधिवेशनको आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपालमा सडक विस्तार र विद्युत प्रशारणलाइन निर्माणको लागि ५० करोड अमेरिकी डलर सहयोग लिने सम्बन्धमा गरिएको संझौता संसदमा छलफल गरी पारित गरेको थियो ।

त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएर छलफलका लागि संसदमा पेश भएको छ ।

 

Share Now

Leave a comment.