Prakash Adhikari November 21, 2022

अमरगढी(डडेल्धुरा), ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले उछिन्नुभएको छ।

२ हजार मत गणना हुँदा प्रधानमन्त्री देउवाले निकटतम् प्रतिष्पर्धीलाई दोब्बर मतले पछि पार्नुभएको हो।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले ९ सय ४९ मत प्राप्त गरेका ल्याउदा उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याउनुभएको छ।

ढकाल गुल्मीबाट देउवासँग प्रतिष्पर्धा गर्न डडेल्धुरा जानुभएको हो भने मल्ल प्रधानमन्त्री देउवाका पूर्व स्वकीय सचिव हुनुहुन्छ।

डडेल्धुरामा ५१ हजार ६ सय ६० मत खसेको थियो। निर्वाचन आयोगका अनुसार यहाँ कूल मतदाताको संख्या ९१ हजार २ सय १ छ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुभएको छ।

उहाँविरुद्ध नेकपा एमालेले आफ्नो दलबाट उम्मेदवार उठाएको छैन।

Share Now

Leave a comment.