Prakash Adhikari December 23, 2022

काठमाडौं, ८ पौष । आज नेपाली कांग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका एक कमाण्डर, नेपालका प्रथम सभामुख, नेपाली कांग्रेसका पूर्वसभापति एवम् नेपालका पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको ९९औं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

वि.सं. १९८१ पौष ०८ गते कृष्ण द्वादशीका दिन तद् अनुसार २३ डिसेम्बर १९२४ मा जन्मिनु भएका कृष्णप्रसाद भट्टराई लोकतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको स्थापना हुनुभन्दा पहिलेदेखि नै सक्रिय हुनुभएको हो ।

नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था स्थापना भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थामा भट्टराई महामन्त्री हुनुहुन्थ्यो । वि.सं २००३ माघमा कोलकातामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा उहाँ सँगठन मन्त्रीको पदमा हुनुहुन्थ्यो ।

कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्ती मनाइदैं « Imagekhabar – Online News Portal of Nepal

नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि उहाँ सहमहामन्त्री बन्नुभयो। २००७ सालको सशस्त्र जनक्रान्तिमा उहाँ जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डर हुनुहुन्थ्यो ।

उहाँ जनक्रान्ति सफल भएपछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष हुनुभयो ।

वि.सं. २०१५ सालको नेपालको पहिलो संसदीय निर्वाचनमा गोर्खाबाट उम्मेदवार बनेर पराजित हुनुभएका भट्टराई संसदमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख बन्नुभएको थियो।

२०१७ पौष १ गतेका दिन थापाथलीमा भैरहेको तरुण दलको अधिवेशनस्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो।

त्यसपछि पनि पटक-पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो।

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते हुने « नेपालको संचार – newsanchar.com

एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै उहाँले २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्नुभएको थियो।

उहाँलाई २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उहाँ पुनः कार्यवाहक सभापतिमा समर्थित हुनुभयो ।

२०३९ साल साउनमा बीपी कोइरालाको निधन भएपछि भट्टराईकै नेतृत्वमा २०४२ सालमा देशभर शान्तिपूर्ण सत्याग्रह सुरु भयो । राजाराम प्रसाद सिंहको जनवादी मोर्चाले सिंहदरबार, होटल अन्नपूर्ण लगायतका स्थानमा बम पड्काएर आतंक मच्चाएपछि सत्याग्रह रोकियो ।

उहाँकै अग्रसरतामा २०४६ साल फागुन ७ गतेदेखि शान्तिपूर्ण जनआन्दोलन शुरुभयो । नेपाली कांग्रेस र संयुक्त बाममोर्चाको आन्दोलनले २०४६ चैत्र २६ नेपालमा बहुदलको पुनःस्थापना भयो ।

बहुुदलीय व्यवस्थाको पुनःस्थापनापछि उहाँको नेतृत्वमा बनेको सरकारले १ बर्षभित्रै नयाँ संविधान जारी गरी शान्तिपूर्णरुपमा २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको थियो । नेपाली कांग्रेसले बहुमत पाएको यो निर्वाचनमा भट्टराई स्वयंं भने काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट पराजित हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित हुनुभयो उहाँले २०५३ सम्म सभापतिको पद सम्हाल्नुभयो।

२०५० सालमा भएको उपनिर्वाचनमा काठमाडौं १ बाट पुनः पराजित हुनुभएका भट्टराईलाई २०५६ सालको आम निर्वाचनमा भने भावि प्रधानमन्त्रीको रुपमा घोषणा गरियो । निर्वाचन पछि उहाँ प्रधानमन्त्री बन्नुभयो ।

भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्नुभयो।
२०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला नेपाली कांग्रेस विभाजित भएपछि सन्त नेता मौन बस्नुभयो। विभाजित नेपाली काँग्रेसलाई एकीकरण गर्ने कार्यमा भने उहाँ निरन्तर सक्रिय हुनुभयो ।

२०६२ ६३ को जनआन्दोलन सफल भएपछि राजतन्त्र निलम्बन र पहिलो संविधान सभाको पहिलो बैठक २०६५ जेठ १५ मा राजतन्त्र उन्मूलन भएपछि उहाँ पुनः मौन रहनुभयो।

Subash poudel - कृष्णप्रसाद भट्टराई (किशुनजी) नेपाली... | Facebookकांग्रेसकाे आठौँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई- 'म अब मुक्त हुन चाहन्छु, मलाई पदले बाधा गर्‍याे' :: कृष्णप्रसाद भट्टराई :: Shilapatra शिलापत्र ...
आजीवन अविवाहित रहनुभएका सन्त प्रवृत्तिका नेता भट्टराईको जीवन अत्यन्तै सादा थियो । २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा आफू प्रधानमन्त्रीका रुपमा बालुवाटार प्रवेश गर्दा लिएर गएको एक टिनको बाकस, छाता र पानी चिसो बनाउने माटाको सुरही नै फिर्ता लिएर निस्केकोले उहाँ स्वच्छ छविका राजनीतिज्ञमा दरिनुभएको छ । छाता,सुरही र बाकस उहाँलाई चिनाउने बिम्ब भएका छन् ।

मेरो म नामका आत्मबृत्तान्तका लेखक कृष्णप्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौँको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएको थियो। उहाँको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

 

Share Now

Leave a comment.