Prakash Adhikari December 23, 2022

बीरेद्रनगर(सुर्खेत), ८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा ल्याउन अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको बार्षिक साधारण सभाको आज कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

समुद्घाटन भाषणमा राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादामाथि गम्भीर हुन आग्रह गर्नुभयो ।

उहाँले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा गम्भीर चिन्तन गर्न पनि आग्रह गर्नुभयो ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै उहाँले राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने बताउनुभयो ।


राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ , राष्ट्रपति भण्डारीले भन्नुभयो ।

‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भैरहेका छन्’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामीले जिम्मेवार बन्नुपर्नेछ । शासनशैली सुधार गर्नुछ । राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चारमाध्यम पनि उत्तिकै भूमिकामा रहनुपर्छ ।’

उहाँले डिजिटल प्रविधिको उच्चतम प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न चुनौती देखिएको पनि उहाँले बताउनुभयो ।

 

सायद ११ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर र 'पत्रकार शम अधिकार प्रेस स्वतन्त्रता ন एत्रकार महासंघको केन्द्रीय हाम्रा सराकार' साधारणसभा नेपाल पत्रकार महासंघ, सु्खेत प्रभातफे भातफेरी शाखा' भन्ने पाठ को फोटो हुनसक्छ

Share Now

Leave a comment.