Prakash Adhikari February 2, 2023

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिनुभयो।

उहाँले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको बताउनुभयो।

लेखकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको जानकारी दिनुभयो।

राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदै छ। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

Share Now

Leave a comment.