Prakash Adhikari March 16, 2023

कीर्तिपुर (काठमाडौं), २ चैत्र । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय श्रृखलाको अन्तिम खेलमा युएईले घरेलु टिम नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको युएईका आशिफ खानको शतकिय पारीमा उसले ३ सय १० रन जोडेकोे हो।

यो नेपालले लिग २ मा पाएको सबैभन्दा विशाल लक्ष्य हो। लिग २ मा नेपाललाई ३ सय रन माथिको विशाल योगफल दिने यूएई पहिलो टोली हो।

यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो।

छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। यूएईका आशिफ खान १०१ रनमा नटआउट रहे।

विस्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।

ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे। ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए।

चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए। रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे।

युएईलाई रोक्ने क्रममा नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।

दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट लिए ।

नेपालका ब्याटिड. सुध्रिएको छ । तर ओपनर कुशल भूर्तेलको ब्याटिड. भने हावाहुरी जस्तो देखिन्छ । कहिले उनी शतक हान्न सक्छन भने कहिले छिट्टै आउट हुन्छ । उनी सहित सबै ब्याट्रहरु सम्हालिएर खेलमा विश्वकप छनोट खेल्न अग्रसर नेपालका लागि यो हासिल गर्न कुनै कठिनाई हुने छैन ।

Share Now

Leave a comment.