Prakash Adhikari April 13, 2018

हेटौडा, २९ चैत । प्रदेश नं ३ को प्रदेश संसद्को प्रथम अविधेशनको १३ औँ बैठकले चार विधेयक दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।

सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँनगर र जिल्लासभा सञ्चालन कार्यविधिसम्बन्धी, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी , स्थानीय तहका पदाधिकारी र सदस्यले पाउने सुविधासम्बन्धी र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइने भएको हो ।

ती विधेयक मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले समितिमा पठाउने प्रस्ताव पेश गर्नुभएको थियो । रासस

Share Now

Leave a comment.