Prakash Adhikari July 23, 2023

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, सेयर कारोबार गराउने कम्पनीको संख्या ८० पुग्यो

काठमाडौं, ७ श्रावण। नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका लागि थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ।

बोर्डको बिहिबार बसेको संचालक समिति बैठकले ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

लाइसेन्स पाउनेमा मिल्की वे, क्यापिटल हब, पाही इन्भेष्टमेन्ट, आकाश भैरव, एसपीएसए, एनएमबी, सानिमा, स्टकक्स्कार्टस, इन्दिरा, ब्लु चिप र गरिमा सेक्युरिटिज छन्।

योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ। बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि कारोबार सुरु गरिसकेका छन्।

Share Now

Leave a comment.