Prakash Adhikari August 1, 2023

काठमाडौं, १६ श्रावण । आज (मंगलबार) संवैधानिक परिषद्को बैठक बस्दै छ।

अपराह्न ४ बजे बस्नेगरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा छ।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले आजका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो।

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आज बस्ने संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। वरीयताक्रममा श्रेष्ठ शीर्षस्थानमा हुनुहुन्छ ।

Share Now

Leave a comment.