Prakash Adhikari November 4, 2023

काठमाडौं,१८ कार्तिक। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्णालीका भूकम्प पीडितको उद्धारमा गरको छ ।

निगमको आन्तरिक उडानमा रहेको ट्वीनओटर जहाज स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री लिएर बिहान ८ः १७ बजे उडान गरेको थियो ।

सो बिमानले उद्धार कार्य गरिरहेको फोटो राष्ट्रिय समाचार समिति र नेपाल प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीले फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा निगमको ट्वीनओटरले घाइतेहरुलाई काठमाडौं ल्याएको उल्लेख छ ।

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट हालसम्म डेढ सय बढी नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

Share Now

Leave a comment.