कोलम्बो९श्रीलंका० २५ आषाढ । एसीसी महिला टी २० कप २०२४ मा प्रतिस्पर्धा गर्न श्रीलंकाको राजधानी कोलम्बो पुगेको नेपाली चेलीहरुको टोली पहिलो अभ्यास खेलमा श्रीलंका क्रिकेट बोर्डको विकास स्क्वाडसंग पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिड. रोजेको नेपाली टोलीले श्रीलंकाबाट १ सय १९ रनको लक्ष्य पाएको थियो ।
बर्षँले खेल प्रभावित भएपछि नेपाललाई १५ ओभरमा ९६ रनको संशोधित लक्ष्य दिइएको थियो ।
संशोधित १५ ओभरको खेलमा नेपालले जम्मा ६६ रन मात्र बनाउन सक्यो ।
नोपलका लागि पूर्वकप्तान रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाए ।
अरु खेलाडीको प्रदर्शन संझन लायक बनेन ।
नेपाललाई रोक्न श्रीलंकाका देवमी भिहांगाले ३ विकेट र एम सेहनीले दुई विकेट लिए ।
यस पहिले टस हारेर ब्याटिड. गरेको श्रीलंकाको महिला टोलीले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।
अरु दुई खेल जुलाई १० र १६ मा हुने छ ।
जुलाई १९ देखि सुरु हुने महिला एशिया कपमा नेपाल भारत, पाकिस्तान र युएई सँगै समूह ए मा रहेको छ ।
प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
कप्तान इन्दु वर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी रहेका छन् ।


















