Prakash Adhikari August 18, 2024

काठमाडौँ, २ भदौ : गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४. ५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९/८० मा यस्तो आप्रवाह १३. ९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार १ सय ३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४. ७ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

Share Now