Prakash Adhikari June 12, 2018

रशिया, जेठ २८(एजेन्सी) । २१ औं संस्करणको विश्वकप ट्रफी उचाल्ने उद्धेश्यका साथ दक्षिण अमेरिकी देश अर्जेन्टिना शनिबार रसिया पुगिसकेको छ। विश्वकप ट्र्फीको प्रबल दाबेदार अर्जेन्टिनी टोली रोलिङ स्टोनको तस्विरले सजाइएको बोइङ चढेर रुस ओर्लिएको हो।

सो प्लेनमा खेलाडीसँगै ३ टन खानेकुरा तथा अर्जेटिनी खेलाडीका व्यक्तिगत भान्सेहरू पनि पुगेका खबर सार्वजनिक भएको छ।

रसियाको समाचार संस्था तास न्यूज एजेन्सीले रसियाका लागि अर्जेन्टिनी राजदूत रिकार्डो लागोरियोलाई उदृत गर्दै समाचार लेखेको छ।

उनीहरूले ल्याएको खानकुराको मात्राले अर्जेन्टिनी टोली विश्वकप ट्रफी उचाल्ने तयारीका साथ आएको संकेत गरेको छ। उनीहरूले ल्याएको खानेकुराको परिमाणले मानिसहरूका लागि अहिले चासोको विषय भएको छ।

अर्जेन्टिनाले आफ्ना मूल्यवान खेलाडीले विदेशमा घरको खाना ‘मिस’ नगरून् भनेर प्रतियोगिता अवधिभरलाई चाहिने खानेकुरा बोकेर रसिया पुगेको बताइन्छ।

अर्जेन्टिनी टोलीले रसियाको बोर्ननिस्टी शहरलाई आफ्नो आधार बनाएर बसेका छन्। यो मस्कोबाट २५ मीलको दुरीमा पर्छ।

अर्जेन्टिनाले विश्वकपको यात्रा तय गर्न समूहमा आइसल्यान्ड, क्रोएशिया तथा नाइजेरियाको सामाना गर्नुपर्नेछ। धेरैले अर्जेन्टिनाले समूह चरण पार गर्ने विश्वास लिएका छन्। अर्जेन्टिनाले पहिलो खेल शनिबार आइसल्यान्डका विरूद्ध खेल्नेछ।

Share Now

Leave a comment.