
मस्को(रुसं) ६ असार । रुसमा भैरहेको२१औं संस्करणको फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा मोरक्कोलाई एक गोलले हराउँदै पोर्चुगलले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
पोर्चुगलले मोरक्कोलाई १(० गोल अन्तरले हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको हो।
मस्को स्थित लुजनेकी रंगशालामामा भएको खेलमा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डोको एक गोल नै पर्याप्त भयो ।
पहिलो हाफको चौथो मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। उनले कर्नरमार्फत आएको बलमा उत्कृष्ट हेड गोल गरे।
ं २१ औं फुटबल विश्वकपमा उनको यो चौथो गोल हो। यसअघि पहिलो खेलमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।
पोर्चुगल पहिलो खेलमा स्पेनसँग ३ ( ३ गोलको बराबरीमा रोकिएको थियो। पहिलो खेलमा इरानसँग १(० गोल अन्तरले पराजित भएको मोरक्को बाहिरिएको छ।
अन्तिम १६ सम्मको यात्रा नै मोरक्कोले विश्वकपमा पाएको सबैभन्दा ठूलो सफलता होर। उसले सन् १९८६ मा समूह चरण पार गरेको थियो। त्यही बेला मोरक्कोले पोर्चुगललाई हराएको थियो । जसमा पोर्चुगल मोरक्कोसँग ३ – ० ले पराजित भएको थियो।
२० वर्षपछि विश्वकपमा फर्किएको मोरक्को अन्तिम खेल अगाडिनै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । (एजेन्सीहरु)