
हेटौडा(मकवानपुर), ६ असार । प्रदेश नं ३ को अस्थायी राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा हिजो मंगलबारदेखि आरम्भ भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा ३८ जिल्लाका सभापतिहरुले आआफ्नो धारणा राखिसकेका छन् । अझै आधाभन्दा बढी अर्थात ३९ जिल्ला सभापतिले आफ्नो घारणा राख्न बाँकी रहेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा स्थानीय पल्पसा हलमा बसेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको बन्द सत्रमा जिल्ला सभापतिहरुले संगठन, विधान र समसामयिक मुद्दाका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
आजको बन्द सत्रमा जिल्ला सभापतिमा लमजुड.का भेषबहादर पौडेल, इलामका हिमालय कर्माचार्य, चितवनका जीतनारायण श्रेष्ठ, दोलखाका रुद्रबहादुर खड्का, रामेछापका लवश्री न्यौपाने, बाग्लुङका दिपेन्द्रबहादुर थापा, तेह्रथुमका गोविन्द ढुंगाना, रुकुमका प्रेमप्रकाश वली, कास्कीका कृष्ण के।सी।, कालिकोटका हर्षबहादुर बम, बाजुराका कविराज पण्डित, भोजपुरका नन्दमणि राई, नवलपरासीका विष्णुप्रसाद लामिछाने, सिन्धुपाल्चोकका विकाश लामाले आआफ्नो धारणा राखेका थिए ।
त्यसरी नै पर्वतका खिमप्रसाद भुसाल, सुर्खेतका कमलराज रेग्मी, सर्लाहीका नागेन्द्रकुमार राय, रुपन्देहीका अब्दुल रज्जाक, नुवाकोटका जगदीश्वरनरसिंह के.सी., पाल्पाका बीरबहादुर राना, दाङका कीर्तिबहादुर खड्का, उदयपुरका विदुर बस्नेत, सोलुखुम्बुका विनोदकुमार बस्नेत, कञ्चनपुरका हरि बोहरा, कैलालीका नरनारायण साह, दार्चुलाका ललितसिंह बोहरा, अग्नीप्रसाद पौडेल, नरेशकुमार श्रेष्ठ, ताप्लेजुङका लीला बोखिम, सप्तरीका दिनेशकुमार यादव, गोरखाका हरिबहादुर घले, स्याङ्जाका कमलप्रसाद पंगेनी, वर्दियाका सञ्जयकुमार गौतम, सुनसरीका राजीव कोइराला, धादिङका रमेश धमला, पाँचथरका नरेन्द्रकुमार केरुङ, म्याग्दीका खमबहादुर गर्बुजा (खमबीर), ललितपुरका मदनबहादुर अमात्य पनि बुधबार नै आफ्नो घारणा राखेका छन् ।
मंगलबारदेखि आरम्भ भएको जिल्ला सभापतिको त्रिदिवसीय भेला भोलि समापन हुने निर्धारित कार्यक्रम रहेको छ । तर दुईदिनमा आधा भन्दा कम जिल्लाका सभापतिले मात्र बोलेकोले भोलि सक्न समयको निकै दवाव रहने निश्चित जस्तै छ ।