Prakash Adhikari June 20, 2018

 

मस्को(रुस),६ असार एजेन्सी(एजेन्सी) । विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को बुधबार सम्पन्न दक्षिण अमेरिकी राष्ट्र उरूग्वे र एसियाली राष्ट्र साउदी अरेवियाबिचको खेलमा उरूग्वे १-० ले विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेको छ।

खेलको २३ औं मिनेटमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले गरेको गोल नै खेलमा निर्णायक भयो। ११ वर्षको अन्तर्राष्ट्रिय फुटबल करियरमा उरूग्वेका लागि स्वारेजको यो सयौं खेल हो। साउदी विरूद्धको गोलले उनको सयौं म्याच विशेष भएको छ।

चरणको अन्तिम खेल अगावै टुंगिएको छ। रसिया र उरूग्वे समूह चरणका १‍-१ खेल बाँकी छँदै नकआउट चरण प्रवेश गरेका हुन्।

अघिल्लो खेलमा उरुग्वेले इजिप्टसँग १-० को जित हात पारेको थियो भने साउदी अरेबियाले आयोजक रुससँग पाँच गोल अन्तरले पाराजित भएको थियो।

अब उरूग्वेले समूह चरणको अन्तिम खेल रसियासँग खेल्नेछ। दुबैको खेलले नतिजाले विजेता र उप-विजेताको निर्धारण गर्नेछ।

Share Now

Leave a comment.