Prakash Adhikari June 20, 2018

 

मस्को(रुस),६ असार एजेन्सी(एजेन्सी) । २१ औं संस्करणको फुटबलको विश्वकपमा यूरोपेली मुलुक स्पेनले समूह चरणको खेलमा इरानलाई १-० ले हराएको छ।

कजान रंगशालामा भएको रोमाञ्चक खेलमा स्पेनले १-० को जित निकालेको हो। यो जितसँगै स्पेनले ४ अंक बटुलेको छ। स्पेनले समूह चरणबाट बाहिरिएको मोरोक्कोसँग समूहको अन्तिम खेल खेल्नेछ।

स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा इरानले खेलमा फर्किने केही महत्वपूर्ण मौका गुमायो। उसले गरेको एक गोल अफसाइड भएको थियो। भिएआरबाट सो गोललाई अफसाइड घोषणा गरिएको थियो।

समूह बिको यी दुबै टोलीलाई नकआउट प्रवेशका लागि विजय अत्यावश्यक रहेको थियो। स्पेनकालागि डिएगो कोष्टाले खेको ५४ औं मिनेटमा निकाले। यसअघि भएको पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३-३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २-० ले हराएको थियो।

अंकतालिकामा १ बराबरी र एक जितसहित पोर्चुगल ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्पेन ४ अंक सहित दोश्रोमा छ। इरान ३ अंकसहित तेश्रोमा छ। पोर्चुगलले मोरोक्कोसँग भएको खेलमा १-० को जित निकालेको थियो।

समूह चरणको दुबै खेल हारेको मोरोक्को घर फर्किने पक्का भइसकेको छ। आजको खेलमा जित निकालेमा इरान एक खेल बाँकी हुँदै दोश्रो चरणमा प्रवेश गर्ने थियो तर स्पेनले उसलाई निराश पारिदियो ।

स्पेनले निराश पारेपनि इरानको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छैन्। समूहका शीर्ष तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ जसको निर्धारण उनीहरूका अन्तिम खेलमा भर पर्नेछ।

Share Now

Leave a comment.