Prakash Adhikari June 24, 2018

 

काठमाडौं, ९ असार । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले पर्वतारोहणको क्षेत्रमा संलग्न जनशक्तिले आफू र आफ्ना टिमका सदस्यहरुको जीवनको रक्षालाई पहिलो प्राथमिकता दिन पर्ने बताउनुभएको छ ।

संघद्धारा शुक्रबार काडमाडौंमा आयोजित पर्वतारोहण नेतृत्व तथा उद्धार तालीमका सहभागीलाई प्रमाण पत्र दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

संघले गत जनवरी र फेब्रुअरी महिनामा संचालित विभिन्न तालिम पूरा गर्ने सहभागीलाई प्रमाणपत्र वितरण गर्न सो कार्यक्रम आयोजना गरेको थियो ।

संघले ५ देखि १८जनवरीसम्म काठमाडौं र सोलुखुम्बुमा द्धितीय तहको पर्वतीय नेतृत्व तालिम सञ्चालन गरेको थियो । तालिममा १५ जना सहभागी थिए । त्यस्तै संघले गत फेब्रुअरी २५ देखि ८ मार्चसम्म काठमाडौं , गोरखा बारपाक र रुवी नाला पासको पर्वतीय नेतृत्व हिउँदे तालिम आयोजना गरेका थियो । सो तालीम १० जनाले पूरा गरेका थिए ।

यस्तै संघले जनवरी १ देखि २० सम्म काठमाडौ र लामटाड.मा तीन हप्ते उच्च पर्वतीय उद्धार तालिम आयोजना गरेको थियो । यो तालिम १५ लाई जना सहभागीले पूरा गरेका थिए ।

कार्यक्रममा तालिमका सहभागीहरुलाई संघका अध्यक्ष लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने पूर्व अध्यक्ष आड. छिरिड. शेर्पाले खादाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा जुन ८ देखि जुलाई २१ सम्म सञ्चालन भैरहेको पर्वतारोहणको आधारभूत तालिमको बारेमा पनि जानकारी दिइएको थियो । काठमाडौं र मनाड.मा सञ्चालन हुने सो तालिमा मा स्वदेशी र विदेशी गरि जम्मा ४५ जना सहभागी रहेका छन् । उनीहरु ११७ जना आवेदक मध्येबाट छनौट भएका हुन । सहभागीमा महिला पनि रहेका छन् ।

पर्वतारोहणका गतिविधिलाई विस्तार गर्दै यसबाट पर्वतीय क्षेत्रका वासिन्दाको जीविकोपार्जन सहज बनाउने उद्देश्यले स्थापना भएको नेपाल पर्वतारोहण संघले पर्वतारोहण गतिविधिलाई सुरक्षित,भरपर्दो बनाउन विभिन्न तालिम गर्दै आएको छ । संघले आफ्नो अग्रसरतामा आधारभूत र उच्चस्तरीय पर्वतारोहण तालिम, आधारभूत र उच्चस्तरीय चट्टान आरोहण तालीम, पदयात्रा नेतृत्व, जुनियर बेसिक , महिला र पर्वतीय नेतृत्वका तीन चरणका तालिम दिदै आएको छ ।

संघले नेपाल पर्वतीय पथ प्रदर्शक संघसंगको सहकार्यमा पर्वतारोहण आकांक्षी गाइड तालिम , पर्वतारोहण गाइड तालिम दिर्दै आएको छ भने नेपाल पर्वतारोहण प्रशिक्षक संघसंगको सहकार्यमा उच्च पर्वतीय उद्धार र आइस क्लाइम्बिड. तालिम दिदैं आएको छ ।

Share Now

Leave a comment.