
मस्को(रुस)१३ असार(एजेन्सी) । अजेन्र्टिनाका लोकप्रिय खेलाडी लियोनेल मेसीले नाइजेरिया विरूद्धको खेलमा गोल गरेका छन्।
मेसीको गोलसँगै अर्जेन्टिनाले खेलमा अग्रता लिएको छ। समूह चरणको अन्तिम खेल खेलिरहेको अर्जेन्टिनाका लागि मेसीको जारी विश्वकपमा पहिलो गोल हो।
सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदानमा जारी खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको छ । मेसीले खेलको १४ औं मिनेटमा गोल गरेका हुन् ।
समूह डीमा रहेको नाइजेरिया र अर्जेन्टिना महत्वपूर्ण खेल खेल्न मैदान उत्रिएका हुन् । दुवै टोली आज गर या मरको स्थितिमा छ ।
आजको खेलमा नाइजेरिया पराजित भए अर्जेन्टिना नकआउट चरण प्रवेश गर्नेछ भने अर्जेन्टिनालाई पराजित गर्न सके नाइजेरियाको भविष्य चम्कनेछ।
समूह डी मा रहेका दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब छ । बराबरी खेलेमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ भने नाइजेरियाको भाग्य अर्को खेलमा निर्भर हुनेछ ।
तर, अर्जेन्टिनासँग बराबरी खेलेमा नाइजेरियाको दोस्रो चरणको यात्रा निकै बलियो हुनेछ ।
यो समूहबाट क्रोएसिया नकाउट चरणमा पुगिसकेको छ।
त्यसैले नाइजेरिया र अर्जेन्टिनाबीचको खेलले यो समूहबाट दोस्रो चरण पुग्ने अर्को टोलीको तय हुनेछ।