Prakash Adhikari June 26, 2018

काठमाडौं,१२ असार(एजेन्सी) ।  नेपाल र नेदरल्याण्ड्सबीच लड्समा हुन खेले टी-२०आइको मान्यता पाउने भएको छ।
नेपालले सन् २०१५ पछि पहिलोपटक टी-२०आइ क्रिकेट खेल्न लागेको हो। हालै मात्र एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले २९ जुलार्इमा त्रिपक्षीय म्याच खेल्ने छ।
नेपालले एमसिसीलार्इ प्रतिनिधित्व गरिरहेको श्रीलंका र नेदरल्याण्ड्ससँग खेल्ने आइसिसीले जनाएको छ। आइसिसीले सबै देशलार्इ टी-२० मान्यता दिएकाले नेदरल्याण्ड्ससँगको खेलले टी-२० आइको मान्यता पाउन भएको हो। यसअघि नेपालले सन् २०१५मा आयरल्याण्डको मलेहिडमा पपुवा न्युगिनीसँग टी-२० आइको अन्तिम म्याच खेलेको थियो।

Share Now

Leave a comment.