Prakash Adhikari June 26, 2018

सेन्ट पिट्सवर्ग,मस्को(रुस),१२ असार(एजेन्सी) । अर्जेन्टिना का लोकप्रिय खेलाडी लियोनेल मेसी र मार्कोस राजोले एक एक गोल गरेपछि रुसमा भैरहेको विश्वकप फुटबलको समूह चरणमा नाइजेरियालाई २- १ ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदानमा भएको खेलमा अर्जेन्टिनाका लोकप्रिय खेलाडी मेसीले खेलको १४ औं मिनेटमा गोल गरेर टीमलाई सुरुवाती अग्रता दिएका थिए ।

984598934

 

 

पहिलो हाफमा नाइजेरियालाई पेलेको अर्जेन्टिनालाई दोस्रो हाफको शुरुमा नै नाइजेरियाले पेनाल्टी मार्फत एक गोल फर्कायो ।

अर्जेन्टिनाका खेलाडी मास्चररानोले डि एरियामा नाइजेरियाका खेलाडी बालोगनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई नाइजेरियाका खेलाडी भिक्टर मोसेले सुन्दर गोलमा परिणत गरेर बराबरीमा ल्याएका थिए ।

 

984529662

अत्यान्तै रोमाञ्चक प्रतिस्पर्धाको ८६ औं मिनेटमा रोजोले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जितसहित नकआउट चरणमा लगेका हुन्।

984616792

त्यसपछि दुबै तर्फबाट कुनै गोल भएन र प्रतियोगितामा पहिलो जित निकाल्दै अर्जेन्टिनाले नाइजेरियालाई हरायो।

एक एक गोलको बराबरीमा सकिएको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने थियो ।

यसअघि पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग पराजित भएको थियो।

जितपछि समूह डी को अर्जेन्टिनाले ३ खेलबाट ४ अंक जोड्दै उपविजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो।

यही समूहको अर्को खेलमा आइसल्याण्डलाई २-१ले हराउँदै क्रोएसिया सतप्रतिशत जितसहित समूह बिजेता बन्यो।

समूहबाट नाइजेरिया र आइसल्याण्ड बाहिरिएका छन्।

अब अन्तिम १६ को पहिलो खेलमा अर्जेन्टिनाले असार १६ गते शनिबार समूह सीको विजेता फ्रान्ससँग खेल्नेछ भने क्रोएसियाले उपविजेता डेनमार्कको सामना गर्नेछ।

मंगलबार राति भएको खेलमा डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेका थिए।

Share Now

Leave a comment.