
मस्को(रुस),१४ असार । जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
समुह चरणको अन्तिम खेलमा पोल्याण्डसँग १–० ले पराजित भए पनि जापान समूह एचको उपविजेताको हुँदै अन्तिम १६ मा प्रवेश गरेको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५९ औं मिनेटमा बेडनारेकले गोल गर्दै पोल्याडलाई अग्रता दिलाए।
उक्त गोलनै पोलाण्डको जीतमा निर्णायक बन्यो ।
योसँगै एकमा जित र एकमा बराबरसहित ४ अंक बनाएको जापान अन्तिम १६ मा प्रवेश गर्यो। उता आजै भएको अर्को खेलमा कोलम्बियाले नाइजेरियालाई हराएपछि जापानको भाग्य खुलेको हो।
कोलम्बिया ६ अंक सहित समूह विजेता भएर नकआउट चरण प्रवेश गर्यो।
पराजित सेनेगल र जापानको समान ४ अंक भए पनि सेनेगल प्रतियोगिताबाट बाहिरियो। जापानसँग फेयर प्लेको आधारमा पछि पर्दा सेनेगलले अघिल्लो चरण प्रवेश गर्न नसकेको हो।
सेनेगलले जापानले भन्दा २ बढी पहेलो कार्ड पाएको थियो।
पोल्याण्ड अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरियोे ।