
मस्को(रुस), १५असार । समूह ‘जी’को बिहिबार राती सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा बेलायतलाई बेल्जियमले पराजित गरेको छ । बेल्जियम समूह विजेता र बेलायत उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेका छन् ।
गए राती सम्पन्न खेलमा बेल्जियमले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो। बेल्जियमका लागि जानुजाजले ५१ औं मिनेटमा विजयी गोल गरेका थिए।
यस खेल नतिजाले इङ्ल्यान्डलाई अन्तर्राष्ट्रिय फुटबलमा आजसम्म हराउन नसकेको इतिहासलाई उसले यस विश्वकपबाट बिराम लगाइदिएको छ।। यी दुई टोली हालसम्म पाँचपटक आमनेसाने भएकोमा बेल्जियम तीन खेलमा पराजीत हुँदा दुई खेलमा बराबरीमा गरेको थियो।
त्यस्तै अन्तिम खेल बेल्जियमलाई सुम्पिएको इङ्ल्यान्ड उपविजेता भएको छ। लगातार दुई खेल जीतेका यी दुबै टोलीले एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।
नकआउट चरणमा बेल्जियमले समूह ुएचुको उपबिजेता जापानसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिष्पर्दा गर्ने छ भने इङलयान्डले कोलम्बियासँग खेल्नेछ।
यसै समयमा आफ्नो समूह चरणको दुबै खेल हारेर घर फर्किने पानामा र ट्यूनिशियाले समूह चरणको आफ्नो अन्तिम खेलमा ट्यूनिशियाले पानामाथि २-१ गोलको सान्त्वना जीत हासिल गर्यो। खेलमा पहिलो अग्रता ३३ औं मिनेटमा पानामा लिएको थियो। सो गोल ट्यूनिशयाका मेरियाले आफ्नै पोस्टामा छिराएर पानामालाई एक गोलको अग्रता दिएका थिए भने ट्यूनिशियाको लागि बराबारी गोल बेन यूसुफले खेलको ५१ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल कजारीले ६६ औं मिनेटमा गरेका थिए।
समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई इङ्ल्यान्डले २-१ गोलले हराउँदा पनामाविरुद्धको दोश्रो खेलमा उसले ६-१ को विजय हासिल गरेको थियो।
सो गोलका कारण इङ्ल्यान्डले विश्वकपमा एकै खेलमा सबैभन्दा बढी गोल र सबैभन्दा फराकिलो गोल अन्तरले विजयी भएको राष्ट्रिय कीर्तिमान तोडेको हो। कप्तान हेरी केनले पनामाविरुद्ध ह्याट्रिक गरेका थिए। उनी विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इङ्लिस खेलाडी हुन् । विश्वकपमा अन्तिमपटक सन् १९८६ मा इङ्ल्यान्डका खेलाडीले ह्याट्रिक गरेका थिए।
जारी विश्वकपमा केन सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शीर्षस्थानमा छन्। पहिलो खेलमा दुवै गोल गरेका केन पाँच गोलसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियमका कप्तान रोमेलु लुकाकुले समान चार गोल गरेका छन्। इङ्ल्यान्डले पछिल्ला १२ खेलमा हार ब्यहोरेको छैन।
उसले अन्तिमपटक एक वर्षअघि फ्रान्ससँग ३-२ गोलको हार खाएको थियो।
यसैगरी बेल्जियमले पहिलो खेलमा पनामालाई ३-० र दोस्रो खेलमा ट्युनिसियालाई ५(२ गोलले पराजित गर्यो। बेल्जियम करिब दुई वर्षयता अपराजित छ। उसले पछिल्ला २१ खेलमा हार ब्यहोरेको छैन। अन्तिमपटक सन् २०१७ को सेप्टेम्बरमा ऊ स्पेनसँग २-० ले पराजित भएको थियो।