काठमाडौं, ६ माघ । नेपाल एसबीआई बैंक लि. ले पोखरा महानगरपालिका ३, नदीपुरमा रहेको नेपाल भारत मैत्री पुस्तकालयलाई ३ लाख रुपैया सहयोग गरेको छ ।
सो पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न सो रकम सहयोग गरिएको बैंकले जनाएको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मिनवहादुर गरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रसान्त सिङ बागेलसहित बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा यस किसिमको सहयोग गर्दै आइरहेको छ।
एसबीआई बैंकले १०० वटा शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत नेपालमा नेपाली र नेपालमा आउने विश्वभरका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।