क्वाललम्पुर(मलेशिया), ७ माघ । आईसीसी यू -१९ महिला टी -२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपाली चेलीहरु आज स्कटल्याण्डसँग भिड्दै छन् ।
नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पूजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । आजको खेल दुवै टिमको लागि प्रतिष्ठा र चुनौती बनेर आएको छ ।
नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले आजको खेलमा ब्याटिड.मा आमूल सुधार ल्याउने प्रयास गरिरहेका छन् ।
नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू १९ स्तरमा स्कटल्याण्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्वकप खेलिसकेको स्कटल्याण्ड छनोटबाट आएको टिम हो । त्यसकारण नेपाल र स्कटल्याण्डको स्तर समान छ ।
नेपाल आजको खेल जितेर सुपर सिक्समा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ ।स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ । स्कटल्याण्डका लागि पनि यस्तै अवस्था छ ।
आजका खेलहरू :
अमेरिका यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : विहान ८:१५
अस्ट्रेलिया यू-१९ महिला भर्सेस् बंगलादेश यू-१९ महिला : विहान ८:१५
न्युजिल्याण्ड यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : विहान ८:१५
बंगलादेश यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
पाकिस्तान यू-१९ महिला भर्सेस् इंग्ल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५
दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : दिउँसो १२:१५