
काठमाडौं, ८ माघ । नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तरविद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल चरण तथा समापन समारोह सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता यहि माघ ७ गते सोमवार रसियन हाउस, कमलपोखरी काठमाण्डौमा माघको ७ गते सम्पन्न भएको हो ।
प्रतियोगितामा कुल ३२ टिम सहभागी थिए भने फाइनल प्रतियोगितामा उत्कृष्ठ ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगितावाट उत्कृष्ट हुदै धापासी काठमाण्डौको त्रियोग हाई स्कूलले प्रथम स्थान हासिल गर्यो । माउन्ट एसईबी स्कूल, सैनिक आवासीय महाविद्यालय, बुढानीलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा काठमाण्डौ उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागी भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागका महानिर्देशक, रमेश शर्मा पौड्याल प्रमुख अतिथि रहनुभएको सो फाइनल तथा समापन कार्यक्रममा विशेष अतिथिहरु रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष पंकज जलानको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कूललाई नगद रु २५०००, पच्चिस हजार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरुलाई पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो ।
कार्यक्रमको मुख्य प्रायोजनमा टेकस्पाएर कलेज थियो । रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पीसीपीएस कलेज, मोटर सेवा लगायतले प्रायोजन गरेका थिए ।
सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरुले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रमुख लक्ष्य राखिएको थियो ।
यस कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा सम्पुर्ण सरोकारवालाहरु लाई सराहना गर्दै निकट भविष्यमा नेशनल साईबर ओलम्पियाडको ं२ संस्करण आयोजना गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताउनुभएको छ ।
कार्यक्रमको समापन त्रियोग हाई स्कूलको विजेता टोलीद्वारा केक काटेर गरिएको थियो ।