
मस्को(रुस), २३असार । रुसमा भैरहेको २१औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा इङ्ल्याण्डले स्वीडेनलाई २-० ले पराजित गरेको छ।
स्वीडेनलाई पराजित गरेको इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
आजको क्वाटर फाइनलमा इङ्ल्याण्डले खेलको पहिलो हाफमा अग्रता लिएको थियो। उसको लागि म्याक्वायरले हेडमार्फत खेलको ३० औं मिनेटमा गोल गरे।
खेलको ६० औं मिनेटमा इङ्ल्याण्डले अर्को गोल गर्यो । डेलेले हेडमार्फत गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए।
स्वीडेनले खेलमा फर्किनको लागि केहि गोल गर्ने अवसरको श्रृजना गरेको भएपनि उसलाई इङ्लिस टोलीले निरन्तर आक्रमण गर्दै रक्षात्मक खेल खेल्न बाध्य पारिदिएको थियो।
सेमिफाइनल प्रवेश गरेको इङ्ल्याण्डले आज हुने क्वाटरफाइनलको अन्तिम खेलको विजेतासँग भिड्नेछ।
क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक रसिया र क्रोएशिया भिड्दैछन्।