
मस्को(रुस), २४ असार । पेनाल्टी सुट आउटमा आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ।
क्रोएशियाले रसियालाई ४-३ ले हराएको हो।
रसियाले पेनाल्टीका दुई बललाई गोलमा परिणत गर्न सकेन।
दुई देशबीचको क्वाटरफाइनल खेल निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चकारी रह्यो । शुरुमा रसियाले गोल गर्दे अग्रता लिएको थियो।
खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएशियाले एकै मिनेटको अन्तरमा बराबरीमा ल्यायो । खेलको ३९ औं मिनेटमाक्रोएशियाका लागि करामारिकले गोल गरेका थिए।
पहिलो हाफ १-१ दोश्रो हाफमा दुबै टोलीले गोल गर्ने आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल रहे र खेल बराबरीमा सकियो।
क्रोएशिया र आयोजक रसियाबीचको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिए। तर १ गोलबाट पछाडि परेको रसियाले खेलको ११५ मिनेटमा एक गोल थप्यो । खेल बराबरीमा पुग्यो । रसियाका लागि फर्नानडेज सो गोल गरेका थिए।
यसरी २-२ गोलको बराबरीमा पुगेको खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
पेनाल्टीका दुई बल गोल गर्न नसकेपछि ४-३ ले पराजित हुँदै रुसले विश्वकपको यात्रा क्वाटर फाइनलबाट अन्त्य गर्यो ।
रुसलाई पराजित गरेको क्रोएशियाले अब सेमिफानलमा इङ्ल्याण्डसँग खेल्नेछ।