Prakash Adhikari July 11, 2018

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार र आर्थिक वा प्रशासनिक अनियमितता भन्ने शब्द सुन्न पनि नचाहेको दोहोर्याएका छन ।

समृद्ध नेपाल र सुखी नेपालीको ध्येय सुशासन र विकासबाट मात्र पूरा हुने बताउदै उनले भने “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई बुधबार राजधानीम प्रदान गर्दै उनले सो कुरा बताउएका हुन् ।

“म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशासनको नयाँ इतिहास रचना गर्छु,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतका निकायमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएका घट्ना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले भ्रष्टाचार र आर्थिक अनियमितताविरुद्धको आफ्नो प्रतिबद्धता पुन दोहोर्याएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताए ।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे ।

उनले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्न नदिनेमा सरकार सचेत छ भएको दावी पनि गरे ।

प्रधाानमन्त्री ओलीले जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति पार्टी र जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा लोकतन्त्र खतरामा नपर्ने दावी पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए । उनले युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने पनि बताएका थिए ।

Share Now

Leave a comment.