Prakash Adhikari July 11, 2018

 

मस्को, २८ असार । रसियामा भैरहेको फिफा विश्वकप फूटबलको एक्काइसौं संस्करणमा इङ्ल्याण्ड र क्रोएशियाबीच बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई २(१ ले हराउदै क्रोएशिया फाइनलमा पुगेको छ ।

इङ्ल्याण्डलाई पराजित गरेको क्रोएशियाले विश्वकप उपाधिका लागि अब फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

खेलमा थपिएकोअतिरिक्त समयमा  ( १०९ औं मिनेटमा) म्यान्डुजिकले गोल गरेपछि क्रोएशिया विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पुर्‍याउन सफल भएको हो।

 


ुसेमीफाइनलमा खेल सुरु भएको पाँचौ मिनेटमा इङ्ल्याण्डले फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो।

इङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरबाट भएको थियो।

एक गोलले पछाडी परेपछि दबाबमा परेको क्रोएशियाले खेलको ६८ औं मिनेटमा गोल फर्कायो । पेरिसिकको सो गोलले क्रोएशियाले विश्वकप फाइनल यात्रालाई रोमाञ्चक र जीवित तुल्यायो ।

बराबरी गोलपछि उत्साहित बनेको क्रोएशियाले इङ्ल्याण्डको पोस्टमा केहि खतरनाक प्रहार गरेको थियो तर ती प्रहारहरू गोलमा परिणत भने हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो।

क्रोएशिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। त्यसयता उसले ५ वटा विश्वकप खेलिसकेको छ।

Share Now

Leave a comment.