Prakash Adhikari July 11, 2018

 

ब्रसेल्स(बेल्जियम), २७ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जर्मन चान्सलर एङ्गेला मेर्कलबीच ब्रसल्समा आयोजित नेटो शिखर बैठकको छेउछाउमा भेटवार्ता भएको छ।

ती दुई नेताहरूले आफूहरूबीचको भेटवार्ता एकदम सकारात्मक भएको भनेर टिप्पणी गरेका छन्। राष्ट्रपति ट्रम्पले चान्सलर मेर्कलसँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको बताएका छन्।

दुई देशबीचको व्यापार बढ्नेमा आफू आशावादी रहेको ट्रम्पको भनाइ थियो।

तर उनले आगामी केही महिनामा अवस्था कस्तो हुन्छ त्यसको आफूलाई प्रतीक्षा रहेको पनि बताए।

चान्सलर मेर्कलले आफूहरूबीच आर्थिक विकासका बारेमा कुराकानी भएको बताइन्।

जुन हाल अमेरिकी करका दरहरूबारे विद्यमान विवाद तर्फको सङ्केत थियो।

टिप्पणी
नेटोको शिखर बैठक र यो पछिल्लो भेटघाटअघि ति दुवै नेताहरूले एकार्काको आलोचना गरेका टिप्पणीहरू सार्वजनिक भएका थिए।

रुसबाट युरोपको सुरक्षा गर्नका लागि तोकिएको सीमाभन्दा निकै कम खर्च गरेको तर रुसी तेल र ग्यासमा अर्बौं खर्च गरेको भनेर राष्ट्रपति ट्रम्पले बर्लिनको कडा आलोचना गरेका थिए।

ती आरोपहरूको प्रतिवाद गर्दै जर्मन चान्सलरले आफू तत्कालीन पूर्वी जर्मनीमा हुर्केको राष्ट्रपति ट्रम्पलाई स्मरण गराउँदै जर्मनी अब संयुक्त भइसकेको र आफ्नो निर्णय आफैँ गर्न सक्ने क्षमता भएको बताएकी थिइन्।

उनले नेटोमा जर्मनीको सैन्य योगदान र बढ्दो प्रतिरक्षा खर्चको पनि उल्लेख गरेकी थिइन्।

Share Now

Leave a comment.