Prakash Adhikari July 13, 2018

भक्तपुर, २९ असार । बुधवार राति भएको वर्षाले बिहीवार बिहान भक्तपुरका अधिकांश स्थानहरू डुबानमा परिसकेका थिए। काठमाण्डू उपत्यकामा अतिवृष्टि भने भएको थिएन।

चौबीस घन्टामा ५०० मिलिमिटर पानी परेमा त्यसलाई अतिवृष्टि मानिन्छ।

त्यो सीमाभन्दा तीन गुणा कम अर्थात् ‌औसत ११७ मिलिमिटर पानी परेको थियो।

थोरै पानी पर्दाखेरि नै सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन थालेको छ।

यी हुन् डुबान गराउने चार कारण:

१) साँघुरिएका नदी र खोल्सा

काठमाण्डू उपत्यकाका नदीहरू अहिले फोहोर फाल्ने ठाउँ भएका छन्।

निर्माण सकेपछि बाँकी रहने कङ्क्रिट, प्लास्टिक र अनेक थरी फोहोरले खोलाको गहिराइ घटाइदिएका छन्।

त्यसमाथि किनारमा अतिक्रमण गरेर बनाइएका भवनहरूले नदी र खोल्साहरू साँघुरा भएका छन्।

पानीको मात्रा बढ्दा त्यसले आफूलाई चाहिनेजति स्थान पाउँदैन र नजिकै ठाउँ डुबानमा पर्छन्।

२) होचा पुलहरू

भक्तपुर डुबान
स्थानीय समितिहरूकै पहलमा थोरै बजेटमा खोला र खोल्साहरूमा थुप्रै ससाना पुलहरू निर्माण भएका छन्।

पुलहरूका कारण अड्किएको ठोस फोहोरले पानीको बहाव बस्तीतिर मोडिदिन्छ।

३) कङ्क्रिटको सतह

घरका पक्की आँगनदेखि प्लटिङ गरिएका क्षेत्र र तीनमा लहरै बन्ने घरले खेतीयोग्य र खुल्ला जमिन घटेको छ।

भूमिको सतहले पानी सोस्न समेत निकै कम भएको छ।

त्यसो हुँदा पानी गहिरो ठाउँमा जम्मा हुने वा बगेर खोल्सा, खोला वा नदीमा पुग्छ।

४) थुनिएका ढलका नाली
भक्तपुर डुबान
नकुहिने ठोस फोहोरलाई घरमै छान्ने काम नहुँदा प्लास्टिकजन्य फोहोरहरूले ढल निकास अवरूद्ध पार्छन् ।

बालुवा र गेगर बगेर ढलभित्र छिर्दा पनि पानीको निकास अवरुद्ध हुन्छ ।

यिनै कारणले कम वर्षा हुँदा पनि सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन्छ ।

 

बीबीसीबाट

Share Now

Leave a comment.